ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

धनगढी : कैलालीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन । जिल्लाको गोदावरी नगरपालिका–८, स्याउलेमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाइकलमा पछाडि सवार कैलारी गाउँपालिका–११ की १५ वर्षीया विद्या रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ का १७ वर्षीय कृष्ण बम र पछाडि सवार ३५ वर्षीय उमेश कार्कीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार बेलुका करिब साढे ७ बजे प्रदेश ३ ०१ ००१ ग ३७३२ नम्बरको ट्रक र म२प २१७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।