दाई–बहिनी होटलमा झुण्डिएको अवस्थामा फेला | OmkarTimes.com

दार्चुला । जिल्लाको महाकाली नगरपालिका–४ खलंगा बजारको एक होटलमा दाई बहिनी नाता पर्ने एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका छन् ।

 

बिज्ञापन

शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल दार्चुला सदरमुकास्थित विष्ट बियर बारको एक कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

 

होटल सञ्चालक जानकी विटका अनुसार सोमबार मात्रै जिल्ला सदरमुकाम आएका उनीहरु बेलुकीको खाना खाएर ८ बजेको समयमा कोठामा सुत्न गएका थिए ।

 

बिहान चाडैँ कोठामा उठाउन जाँदा ढोका खोलेनन् । ढोका नखोलेपछि शङ्का लागेर कोठाको भेन्टिलेसनबाट हेर्दा दुबैजना झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेकी हुँ– बिष्टले भनिन् ।

 

प्रहरीले घटनास्थलमा पुगेपछि आफन्तलाई खबर गरेको छ । घटनाबारे अद्ययन भइरहेको र आफन्त पुगेपछि शव पोष्टमार्टम गरिने जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

 

मृतक मनिषा रावलको दुई महिना अघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ । एभरेस्ट दैनिक