`सेल्फी किङ´को ट्रेलर सार्वजनिक

काठमाडौं । भर्सटायल अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलबार कुमारी चलचित्र भवन कमलपोखरीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।

 

बिज्ञापन

ट्रेलरमा ‘सेल्फी किङ’ उर्फ विपिन कार्कीको जीवनमा आउने उतार–चढावको कथा देखाइएको छ । विपिनले फिल्ममा एक चर्चित ‘सेल्फी किङ’को उपनामले परिचित टेलिभिजन हास्यकलाकारको भूमिका निर्वाह गरेका छन् ।

 

ट्रेलरमा फिल्मभित्रका राम्रा सम्वाद समेत राखिएका छन् । जसले फिल्मप्रति दर्शकको कौतुहलता बढाउन सक्छ । फिल्ममा उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, प्रथम अभिनेत्री भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।

 

माघ २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको निर्देशक विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनको यो डेब्यु फिल्म हो । दिनेश राउत र सुवास थापाले मिलेर निर्माण गरेको फिल्ममा प्रवल कोइराला र राजेश विसुराल फिल्मका सहनिर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मलकुमार लामाको कोरियोग्राफी छ ।