
बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको भाउ सामान्य रुपमा खस्किएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत सोमबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र विक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेकोमा बुधबार १२ पैसाले घट्दै खरिददर ११८ रुपैयाँ ९० र विक्रीदर ११९ रुपैयाँ ५० पैसामा झरेको हो ।

यस्तै, आज युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८० पैसा र विक्रीदर १४१ रुपैयाँ ५१ पैसामा झरेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसामा झरेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर नेपाली १२९ रुपैयाँ ८० पैसा र विक्रीदर १३० रुपैयाँ ४५ पैसामा झरेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ ९४ पैसा र विक्रीदर ८९ रुपैयाँ ३९ पैसामा उक्लिएकोे छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २७ पैसा र विक्रीदर ९५ रुपैयाँ ७५ पैसा रहेको छ ।



यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७८ पैसा र विक्रीदर १० रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७० पैसा र विक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ६५ पैसा र विक्रीदर ३२ रुपैयाँ ८१ पैसा रहेको छ । यता सबैभन्दा महंगो कुवेती डिनर नेपाली विनिमयदर आज एकको खरिदर अधिकतम ३९५ रुपैयाँ ३७ पैसा र विक्रीदर ३९७ रुपैयाँ ३७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
