कर्मचारीलाई दिनको सय रुपियाँ खाजा खर्च

प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निजामती कर्मचारीलाई हाजिरीका आधारमा दिनको सय रुपियाँ खाजा खर्च उपलब्ध गराउने घोषण गरेको छ ।

 

बिज्ञापन

मङ्गलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गरेका हुन् ।

 

मन्त्री आङ्बोहाङ्गका अनुसार प्रदेशका कर्मचारीहरूको उत्प्रेरणा र मनोबल वृद्धि गर्न प्रोत्साहनस्वरूप २०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रत्येक कर्मचारीलाई कार्यालयमा उपस्थित भएको दिन रु एक सयका दरले खाजा खर्च प्रर्दान गर्ने व्यवस्था मिलाएको छ ।