
यसै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्नाका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका हुन् ।

विप्लवले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन् । स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति भएको भन्दै स्थानीय तहको चुनावमा उम्मेदवारहरूलाई चुनावमा मतदान गर्न अपिल गरेको छ ।
बिज्ञापन



