प्रतिनिधिसभा विघटनको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार नेपाली कांग्रेसमा शेरबहादुर देउवासहित १४६ सांसदको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री र राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।

बिज्ञापन

इजलासले ९ गतेबाट देउवाको मुद्दामा निरन्तर सुनुवाइ गर्ने प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिए ।

‘अघिको बहस सुनेको आदेश तयार छ। बाँकी २९ जनाको आदेश तयार हुने प्रक्रियामा रहेकाले अलि कति समय लाग्छ। यसमा नक्कल लिएर गए हुन्छ। कांग्रे सभापति देउवाको मुद्दालाई ९ गतेलाई राखेका छौँ ।