
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५२९२ जना कोभिड संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १६०८८ नमुना (१०३६८ पीसीआर र १८२० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।
बिज्ञापन



सोही अवधिमा थप ८१९१ जना निको भएका छन् । आज थप ८ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।

सक्रिय संक्रमण संख्या ७९२७२ पुगेको छ । ३ लाख ६६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
काठमाडौंमा १३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जना कोभिड संक्रमित थपिएका छन् । १८ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।