ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा

एजेन्सी । ब्रेन्टफोर्ड क्लब पहिलोपल्ट इंग्ल्याण्डको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिपको प्ले अफमा १० खेलाडीमा सिमित स्वान्सी सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको हो ।

 

बिज्ञापन

इभान टोनीले १०औं मिनेटमै पेनाल्टीमा गोल गरी अग्रता दिलाएकोमा २०औं मिनेटमा इमिलियोनो मार्कोदेसले सानदार गोल थपे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको बे्रन्टफोर्डले उक्त अग्रता अन्तिम सम्म जोगाएको थियो ।

त्यस्तै ६५ औं मिनेटमा स्वान्सी १० खेलाडीमा समेटिएको थियो । सन् १९४६÷४७ पछि ब्रेन्टफोर्डले पहिलोपल्ट शीर्ष डिभिजनमा प्रतिस्पर्धा गर्ने भएको छ ।