
दमक। झापाको गौरादहबाट पठाइएका १०१ जनाको स्वावको पीसीआर परीक्षणको रिपोर्ट आज आउँदै छ । घाँटीमा समस्या देखिएपछि उपचारका लागि काठमाण्डौ गएकी गौरादह १ कि ६७ बर्षीया महिलामा कोरोना भाइरस संक्रमण देखिएपछि सौहि क्षेत्रका स्थानिय १०१ जनाको स्वाव संकलनगरि परीक्षणका लागि मंगलबार प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ ।

स्वाव परीक्षणका लागि पठाइएकामा ६१ जना पुरुष छन भने ४० जना महिला छन् । उनमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै उनको घर रहेको क्षेत्र र गौरादह बजार सहित केहि क्षेत्रमा आवागमनमा नगरपालिकाले रोक लगाएको छ ।



गौरादहमा बुधबार थप ६ जना तेश्रो मुलुकबाट आएको र उनीहरुलाई सिधै क्वारेन्टाइनमा राखिएको गौरादह नगरपालिका स्वस्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार आएका ६ जनासँगै गौरादहको क्वारेन्टाइनमा ६४ छन् । बुधबार आएकालाई जनता माविको क्वारेन्टाइना राखिएको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै स्कुल चौन माविको क्वारेन्टाइनमा ३४ जना छन भने कृषी क्याम्पसको क्वारेन्टाइनमा २४ जना छन् ।