विराटनगरमा कारको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु

विराटनगर । विराटनगर– ४ बरगाछीमा कारको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।

शनिवार राति कारको ठक्करबाट विराटनगर–१२ का १९ वर्षिय शंकरकुमार मिश्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

बा २० प ७४० नम्बरको कारले को ३५ प ५६३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मिश्रले विराटनगरमा ट्याम्पो चलाउदै आएका थिए ।