हृदयाघातका कारण प्रहरी निरीक्षकको मृत्यु

जुम्लामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अभिषेक थापाको मृत्यु भएको छ । दैलेख जिल्ला नारायणी नगरपालिका–८ घर भएका थापा सशस्त्र प्रहरी बलको ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत थिए ।

मंगलबार साँझ ड्युटी सकेपछि खाना खाएर सुतेका थापा बुधबार बिहान एक्कासी बेहोस भएका थिए । बेहोस भएका थापाको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका एसपी सरत न्यौपानेले बताए ।

बिज्ञापन

‘मंगलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए,’ उनले भने, ‘बुधबार बिहान एक्कासी बेहोस भएको थाहा पाएपछि उपचार गर्न लग्यौं । दुर्भाग्यवश, वहाँलाई बचाउन सफल भएनौं ।’

एसपी न्यौपानेका अनुसार हृदयघातका कारण थापाको मृत्यु भएको आशंका छ ।शिलापत्रबाट