
काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिज्ञापन



सोमबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ७ सय रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा अहिले लकडाउनका कारण सुनको कारोबार ठप्प छ ।