एक किशाेरीसहित मोरङमा छ जना सङ्क्रमितको मृत्यु

काठमाडौं । एक कोरोना सङ्क्रमणका कारण बिहीबार बिहान १८ वर्षीया किशोरीसहित मोरङमा ६ जनाको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विराटनगरका दुई जना, ललितपुर, सप्तरी, सुनसरी र मोरङको उर्लाबारीका १/१ जना छन् ।

बिज्ञापन

नोबेल शिक्षण अस्पतालमा सुनसरीको इनरुवा नगरपालिकाकी १८ वर्षीया किशोरीको मृत्यु भएको छ । बिहीबार बिहान ४ः४० बजेतिर मृत्यु भएको हो ।
मोरङको उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुषको बिहानका राति १ बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । सप्तरीको कन्चनपुर–८ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ का ६० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । वृद्ध पुरुषको बिहानको राति करिब १ बजे मृत्यु भएको हो । ललितपुर महानगरपालिका घर भएका ५८ वर्षीय पुरुषको पनि कोसीमै मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको हो । विराटनगर–१ का ३० वर्षीय युवाको बिहानका राति १२ः३० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।