
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

दबै नेताबीच भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर छलफल भएको स्वकीय सचिव देउवाले बताए । आज बिहान एमाले नेता माधव नेपाललाई कोटेश्वरमा भेटेर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
बिज्ञापन



निर्वाचन आयोगले जसपाको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै प्रचण्डले भेटघाट अघि बढाएका छन् । जसपा भित्रको विवाद सकिएकोले आजभोलिमै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको बताइएको छ ।
