
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको मुख्य आयोजनामा आजबाट नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी२० सिरिजको उद्घाटन खेलमा नेदरल्यान्डसले नेपाल सामु १३६ रनको विजयी लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जिते र पहिले बलिङ रोजेको छ । त्यस्तै पाहुना टोली नेदरल्यान्ड्सले सुरुवातमा ब्याटिङ गरेको थियो। उसका लागि म्याक्स ओडोवा १० , बेन कूपर शुन्य , ओपनर स्कर्ट एडवार्डस् ३२ बलमा ३० रन, २ र बास डी लिडे सर्वाधिक ४१ रन बनाए उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । पिटर सीलार २२ रन बनाए । त्यस्तै एन्टोनियश स्टलले २९ रन बनाए ।



यता नेपालका लागि सोमपालले ४ ओभर बलिङ गरेर १३ रन दिदै १ विकेट लिए , त्यस्तै सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै २२ रन दिएर २ विकेट लिए । करण केसी ४ ओभर २२ रन विना विकेट , साहब आलम ४ ओभर १ विकेट लिदै ४५ रन खर्चिएका थिए । अभिनाष बोहोरा ४ ओभर २५ रन विना विकेट

त्यस्तै नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ । आजको खेलमा नेपालका ३ खेलाडीले डेब्यु गरेका छन् । आसिफ शेख, कुशल भुर्तेल र साहाब आलमले डेब्यु गरेका हुन ।
नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।
आगामी ११ वैशाखसम्म हुने सिरिज डबल राउण्ड रोबिनको आधारमा हुनेछ । सिरिजको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ वाटमोरको यो पहिलो प्रतियोगिता हुनेछ ।