
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले टोखा नगरपालिका ३ का सुर्य दर्शनहाईटका २३ वर्षीय आशिष लिम्बुको हत्यामा संलग्न ३ जना लाई पनि सार्वजनिक गरेको छ ।

लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्ँद्र कुमार शाहलाई सार्वजनिक गरिएको हो ।उनीहरुसंग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
बिज्ञापन



प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बुको शब फेला पारेको थियो । घटनाका दोषी उपर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
