
नेपालमा पछिल्लो २४ घन्टामा ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ४ जनाको ज्यान गएको छ भने २२६ जना निको भएर घर फर्किएका छन् ।
सकृय संक्रमितकाे संख्या ३ हजार ७९९ रहेकाे छ । हालसम्म नेपालका दुई लाख ६८ हजार ६४६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । तथ्यांकअनुसार कोरोना संक्रमितमध्ये २ लाख ६२ हजार ८६८ संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।

साथै आज थप ४ सहित देशभर १ हजार ९७९ संक्रमितकाे मृत्यु भएकाे छ ।
बिज्ञापन



