
गत २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । जसमध्ये ३५ हजार ९ सय १९ जना सक्रिय संक्रमित हुन् ।
बिज्ञापन



त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ संक्रमित उपचारपछि निको भएका छन् । योसहित निको हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।

आज १८ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ ।