आज कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार अघिल्लो दिनको तुलनामा चाँदी तोलामा रु ५ घटेर तोलामा १२०५ रुपैयाँमा कारोबार भएको छ ।

बिज्ञापन