प्रधानमन्त्री ओली ताप्लेजुङको घुन्सामा

झापा: प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङको घुन्सा पुग्नु भएको छ ।

घुन्सा फाउण्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली घुन्सा पुग्नु भएको हो ।
ओलीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने र इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदै छ ।

प्रधानमन्त्री ओलीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ,  प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई पनि रहनु भएको  बताइएको छ ।