
धनुषा । जनकपुरमा एक युवतीमाथि एसिड प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका-७ जानकी नगरका सुवोध साहका २६ वर्षीया छोरी आरती साहमाथि एसिड आक्रमण भएको हो ।

शनिबार बिहान साढे ९ बजे एक युवकले आरतीलाई एसिड प्रहार गरेका हुन् । उनको मुहार र छातीको भाग एसिड प्रहारका कारण जलेको छ । आरतीको अहिले जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ ।
बिज्ञापन



जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला शनिबार बिहान एसिड प्रहार भएको स्थानीयले बताएका छन् । धनुषा प्रहरीले एसिड प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ ।
