
काठमाडौँ : नेपाल–भारत सीमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल दिल्ली प्रस्थान गरेको छ । आइजीपी खनालसँगै सशस्त्रबाट चार सदस्यीय टोली दिल्ली प्रस्थान गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका र गृहमन्त्रालयबाट समेत प्रतिनिधि उक्त बैठकमा भाग लिन दिल्लीतर्फ लागेका छन् । गत वर्ष भारतमा उक्त बैठक हुने भनिए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियो ।
बिज्ञापन



मंगलबार र बुधबार गरी दुई दिन सीमा सुरक्षा सम्बन्धी नेपाल–भारतका अधिकारीबीच छलफल हुने बताइएको छ । आइजीपी खनालको टोली बैठक सकेर बिहीबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
