
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीहरूलाई जिल्ला अदालत कञ्चनपुरले सफाइ दिएको छ ।

बिहीबार न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले ‘निर्मला हत्या प्रकरण’ अनुसन्धानमा संलग्न तत्कालीन एसपी डिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित ८ जनालाई सफाइ दिएको हो ।
बिज्ञापन



घटना अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको, पक्राउ परेकालाई यातना दिएकोलगायतका आरोपसहित विष्ट र जिसीलगायत डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्त र खड्कसिंह विष्टले मुद्दा हालेका थिए ।
