देशभरका होटल तथा रेष्टुरेन्ट आजबाट खुल्दै

काठमाडौं : देशभरिका होटल तथा रेष्टुरेन्ट आज (बिहीबार) बाट खुल्ने भएका छन् । गत चैत ११ गतेदेखि बन्द रहेका होटल तथा रेष्टुरेन्ट चार महिनापछि खुल्न लागेको हो ।

सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आजदेखि खुल्ने भएका हुन् ।

बिज्ञापन

लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो ।

सरकारले आजदेखि खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन् । व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र खुल्ने छन् ।

रेष्टुरेन्ट भने यसअघि नै खुलिसकेका छन् । सरकारले यसअघि सीमित क्षमतामा मात्र खोल्नका लागि अनुमति दिए पनि रेष्टुरेन्टहरूमा त्यो पालना भएको थिएन् ।

तारे होटलहरूले भने यसअघि नै सन् २०२० को डिसेम्बरसम्म व्यापार आउने सम्भावना नभएकाले बन्दको घोषणा गरिसकेका छन् ।