कस्तो रहला आजको मौसम ?

काठमाडौं : देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहको जल तथा मौसम पू्र्वानुमान महाशाखाले जनाएको छ । अहिले पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

बिज्ञापन

यस्तै प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न विभागले अनुरोध गरेको छ ।