
दमक। झापाको दमक नगरपालिकाका ८ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिले सम्म दमकका १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएर कोभिड अस्पताल भर्ना भएका थप २ जना कोरोना जितेर घर फर्किएसँगै दमकका कोरोना जित्नेको संख्या ८ पुगेको दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
बिज्ञापन



आज कोरोना जितेर घर फर्किनेमा गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पतालमा उपचाररत ३४ वर्षीय पुरुष र धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ४८ वर्षीया महिला रहेका छन् ।

दमकमा आज भारतबाट ५ पुरुष र एक महिला आएका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । मंगलबार दमकको क्वारेन्टाइनमा २३ पुरुष र ३ महिलागरी २६ जना छन् ।