
काठमाडौं । बैंकहरुले राष्ट्र बैंकसँग ७ प्रतिशतमा ऋण लिएर पुनः राष्ट्र बैंकमा नै लगानी गरेर बिना जोखिम ३ प्रतिशत नाफा कमाउन थालेका छन् ।राष्ट्र बैंकबाट ७ प्रतिशतमा बैंकहरुले सापटी लिएर राष्ट्र बैंकको ऋणपत्र खरिद गरेर ३ प्रतिशत नाफा कमाइरहेका छन् ।

स्थायी तरलता सुविधामा पाइने सापटी ७ प्रतिशतमा लिएर बैंकहरुले ट्रेजरी बिलको ब्याज दर १० प्रतिशत आउने ठाउँमा लगानी गरिरहेका छन् ।ट्रेजरी बिलको १०.६ देखि १०.८१ प्रतिशतसम्म व्याज पाउने गरेका छन् ।स्थायी तरलताको ७ प्रतिशत ब्याजदरमा २ खर्बभन्दा धेरै लगानी भइसकेको छ ।
बिज्ञापन



