थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ ।

बिज्ञापन

हालसम्म पीसीआर विधिबाट ८८ हजार ३६६ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९६६ जनाको परीक्षण भएको छ । क्वारेन्टाइनमा १ लाख ६६ हजार ७६५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा २ हजार ५६८ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।