कोरोना रोकथाम र नियन्त्रणमा सेनालाई १२ काम 

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सेनालाई पनि परिचालन गर्ने निर्णय गर्दै उसका लागि १२ जिम्मेवारी तोकेको छ ।

 

बिज्ञापन

संविधानको धारा २६७ को ४ अनुसार सरकारले सेनासमेत परिचालन गर्ने निर्णय गरेको हो । संविधानको उक्त धाराको उपधारा ४ मा विपद र विकास निमार्णका काममा सेना परिचालन गर्न सक्ने व्यवस्था छ ।

 

सरकारले भारत र अन्य देशबाट नेपाल आउने नागरिकलाई स्वेदश आएपछि सहजीकरण गर्ने २६ बँुदे कार्ययोजना पारित गरेको छ । जसमा कुन मन्त्रालयले मुख्य जिम्मेवारी लिने कसले सहयोगी भूमिका निर्वाह गर्ने भनेर किटानी गरेको छ ।

 

सेनाले १० वटा कामको नेतृत्व गर्ने छ भने अन्य काममा सहयोगी भूमिका निभाउने छ । जसमा सेना यी १२ वटा कामको गर्ने छ ।  जसमा ५ काममा प्रमुख नेतृत्व गर्ने छ र ७ काममा सहायक भूमिका निभाउने छ ।

 

प्रमुख भूमिकामा सेना

 

१.होल्डिङ सेन्टरको छनौट गरी निर्धारण गर्ने र प्रदेशगत रुपमा व्यवस्थापन गर्ने ।

२.प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पु¥याइ होल्डिङ सेन्टरबाट होटल क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पु¥याउन आवश्यक यातायातका साधनको व्यवस्था गर्ने ।

३.सीमा नाकामा रहेका होल्डिङ सेन्टरको व्यवस्थापन गर्ने ।

४.काठमाडौंमा रहेको होल्डिङ सेन्टरको व्यवस्थापन गर्ने ।

५. क्वारेन्टाइनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन गर्ने ।

 

सहायक भूमिकामा सेना 

 

१.नेपाल भारत सीमाका प्रवेश विन्दु व्यवस्थापन गर्ने ।

२.नेपाल भारत सीमाका प्रवेश विन्दुमा नेपाली नागरिक आएपछि होल्डिङ सेन्टरमा निजको ठेगाना सहितको व्यक्तिगत विवरण तयार गर्ने ।

३.भारतबाट आउनेलाई होल्डिङ सेन्टर र तेस्रो देशबाट आउनेलाई विमानस्थलमा स्वास्थ्य स्वघोषणा फारम भर्न लगाउने र ज्वरो मापन लगायतका स्वास्थ्य जाँच गर्ने ।

४.भारत बाहेक तेस्रो देशबाट आउने नागरिकले हवाई उडान, यातायात र होटल क्वारेन्टाइन खर्च व्यहोर्ने ।

५.भारत तथा अन्य मुलुकबाट नेपाल प्रवेश गरेकाहरुलाई जिल्ला सदरमुकाम हुदै सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनसम्म पु¥याउने ।

६. क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गर्ने ।

७. समग्र कार्यको सञ्चालन, अनुगमन, नियन्त्रण र निर्देशन गर्ने ।