प्रहरीमा भएको राजनीतिक हस्तक्षेपबारे पूर्व आईजीपीहरुको चिन्ता

पूर्व प्रहरी प्रमुखहरुले प्रहरीमा भइरहेको राजनीतिक हस्तक्षेपबारे चिन्ता व्यक्त गरेका छन् । पुर्व आईजीपी अच्युतकृष्ण खरेलको निवासमा भेला भएर त्यसबारे छलफल गरेका हुन् ।  भेलामा पूर्व आईजीपी फोरमका अध्यक्ष मोतिलाल बोहरा, पूर्व आईजीपीहरु अच्युतकृष्ण खरेल, प्रकाश अर्याल, कुवेरसिंह राना, रविन्द्रप्रताप शाह र ठाकुर ज्ञवालीसहित १० जना सहभागी थिए ।

पूर्व आईजीपी फोरमका अध्यक्ष मोतिलाल बोहराले आम नागरिकले चिन्ता गरिरहेको विषयमा आफुहरुले पनि छलफल गरेको रातोपाटीलाई बताए । उनले भने– ‘राज्यबाट निवृत्तिभरण लिने हुनाले देशप्रति हाम्रो दायित्व छ, त्यसैले प्रहरीको हितमा के गर्न सकिन्छ भनेर बेलाबेलामा छलफल गर्छौं ।’

बिज्ञापन

प्रहरीमा हस्तक्षेप बढेको बारे पूर्व प्रमुखहरुले चिन्दा व्यक्त गर्दै संगठन स्वतस्फूर्त चल्नुपर्ने बताएका छन् । बेला –बेला समसामयिक परिस्थितिमा छलफल गरेर आवश्यक पर्दा सरकारलाई पनि सुझाव दिने गरिएको पूर्व आईजीपी बोहराले जानकारी दिए ।