
उदयपुर — काठमाडौँबाट यात्रु बोकेर उदयपुर आउदैँ गरेको बस दुर्घटनामा परेको छ ।

बिज्ञापन



काठमाडौँमा रहेका अलपत्र यात्रु बोकर उदयपुर आउदैँ गरेको तत्कालै नम्बर नखुलेको बस बर्दिबास–३ पाटो भन्ने स्थानमा दुर्घटना भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बसका सह–चालकको च्याप्पिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
प्रहरीका अनुसार उक्त बसमा रहेका अन्य यात्रुहरु सकुशल रहेका छन् । दुर्घटना बारे पूर्ण विवरण आउँन बाँकी छ ।