छोराको हसियाँ प्रहारबाट बाबुको मृत्यु, आमाको अवस्था गम्भीर | OmkarTimes.com

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–११ मा छोराले हसियाँ प्रहार गरी बुवाको हत्या गरेका छन् भने आमा गम्भीर घाइते भएकी छन् ।

५५ वर्षीय उदे रावतले आइतबार राति हसियाँ प्रहार गर्दा आफ्नै बुवा ७५ वर्षीय काल्चे रावतको मृत्यु भएको हो ।

बिज्ञापन

घटनामा मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएकी छिन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

घरयासी झगडामा हुँदा छोराले आफ्नै बुवामाथि हसियाँ प्रहार गरेको प्रहरी जनाएको छ । हत्या गरि फरार रहेका रावतलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।