
एजेन्सी । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाभाइरसबाट मृत्यु हुँनेको संख्या २१३ पुगिसकेको छ । यहाँसम्मकी वुहानमा सडकमै मानिसको शव फेला पर्न थालेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।




वुहानको सडकमा कोरोना संक्रमणकै कारण मृत्यु भएको आशंका गरिएका एक व्यक्तिको शव बिहीबार भेटिएको एएफपीले जनाएको छ । मृत फेला परेका मानिसको हातमा प्लास्टिकको झोला छ । मृतकको उमेर करिब ६० वर्ष जस्तो देखिने पनि एएफपीले जनाएको छ । ती व्यक्तिको मृत्यु कोरोनाभाइसरकै कारण भएको हुन सक्ने आशंका गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १५ देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का एक विज्ञले भाइरसको संक्रमण कम्तीमा अझै १० दिन फैलन सक्ने बताएका छन् ।
चिनियाँ स्वास्थ्य अधिकारीले सार्स र इन्फ्लुएन्जा भाइरसजस्तै कोरोना बढी उमेर समूह र पहिले नै श्वासप्रश्वाससम्बन्धी रोगको समस्या भएका मानिसका लागि निकै जोखिमयुक्त रहेको बताएका छन् । चीनबाहिर २० देशमा कोरोना भाइरसको संक्रमण फैलिए पनि अहिलेसम्म कसैको मृत्यु भएको छैन।