
धननगढी- सुदूरपश्चिममा लागूऔषधको अवैध कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रमुख कमल कुमार खड्का नेतृत्वको टोलीले आइतबार साँझ ६ बजे बेलौरी नगरपालिका ६, नकैया नाकाबाट दुई जना भारतीय नागरिकलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला पिलिभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजार घाट बस्ने १९ वर्षीय राम सिंह र उध्दमसिंह नगर थाना नानक मत्ता ग्राम ज्ञानपुर बस्ने २३ वर्षीय धरमवीर सिंह रहेका छन्।
बिज्ञापन



पक्राउ परेका दुबै जनाबाट १० ग्राम ४२ मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रमुख प्रहरी निरीक्षक खड्काले बताए। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
