महरा जेल जादा रातभरि निदाईनन् रोशनी

काठमाडौं : काठमाडौं जिल्ला अदालतले जवरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई हिजो (सोमबार) जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेपछि सामाजिक सञ्जालमा यो विषयले ढाकेको छ ।

काठमाडौं जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्नु अगाडी बहस चलिरहेका समयमा पीडित भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाही त्यही उपस्थित थिइन ।

बिज्ञापन

शुरुमा आफूमाथि यौनदुर्व्यवहार गरेको भन्दै महरामाथि आरोप लगाएकी शाहीले पछिल्ला दिनहरुमा आफू मानसिक रोगी भएको र विभिन्न दवावमा त्यस्तो कुरा बोलको भन्दै बयान सच्याउँदै महरा निर्दोष भएको बताउँदै आएकी छन् ।

उनले महरा निर्दोष भएको भन्दै अदालतमा निवेदन फिराद समेत दर्ता गराएकी थिइन् । महराको मुद्दामा बहस चलिरहँदा जिल्ला अदालत पुगेकी शाही निकै भावुक र निन्याउरो मुख लगाएर बसेकी थिइन् ।

महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय भइरहँदा निकै चिन्तित देखिएकी शाही त्यसपछि आफ्नो डेरामा पुगेकी थिइन् । उनका छिमेकीका अनुसार निकै चिन्तित मुद्रामा रहेकी शाही घर पुगेपछि खाना पनि नखाएको र रातभरी नसुतेको बताइन्छ ।

शाहीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि महरालाई थुनामा पठाइएको हो ।

महरा कसुरदार हो वा होइन् थप अनुसन्धानपछि मात्र अदातलले फैसला गर्नेछ । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो ।

महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।द नेपाल टपबाट ।