सर्लाहीमा खाल्डोमा डुबेर बालकको मृत्यु

दमक / सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगरमा खाल्डोमा डुबेर ६ वर्षीय सुशान्त यादवको मृत्यु भएको छ।

सडक निर्माण क्रममा खनिएको खाल्डोमा जमेको पानीमा गएराति बालक मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनी बिहान १० बजे घरबाट हराएका थिए भने राति ११:३५ बजे शव फेला परेको हो।

बिज्ञापन

शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।