
काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गर्ने भएको छ ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि उड्ने भएको हो ।
बिज्ञापन



जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरु, पत्रकार लगायत गरी दुई सय ६० जना यात्रु रहने गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए ।

जहाज २ घण्टापछि फेरि काठमाडौं फर्कनेछ विमानस्थलबाट आउँदो जेठ २ गते बुद्ध जयन्तिदेखि नियमित व्यावसायिक उडान हुनेछन् ।