एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

दमक / नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय सय रूपैयाँ बढेको हो।

बिज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

यसदिन चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार दुई सय २० रूपैयाँमा मूल्यमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।