
दमक / दाङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी ३८ वर्षका चन्द्र मगर रहेका छन् ।
बिज्ञापन



बालिकालाई ५ सय रुपैयाँ दिएर अभियुक्तले करणी गरेको आरोप लागेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अुनसन्धान अघि बढाएको छ । घटना पश्चात पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले शुक्रबार साँझ मगरलाई पक्राउ गरेको थियो । गोपिनियतालाई ख्याल गर्दै घटना भएको स्थान र पिडितको नाम गोप्य राखिएको छ ।
