अख्तियारद्वारा पूर्व चार मन्त्री बिरुद्ध ३७ करोड बिगो माग गर्दै मुद्दा दायर

काठमाण्डौ : अख्तियार दुरुपयोग अनुसन्धान आयेगले बालुवाटारको चर्चित ललिता निवास जग्गा प्रकरणमा चारमन्त्री बिरुद्ध ३७ करोडको बिगो माग दाबी गर्दै मुद्धा दायर गरेको छ ।

 

बिज्ञापन

उनीहरुबिरुद्ध हिजो (बुधबार) विशेष अदालतमा मुद्धा दायर गर्दै उक्त रकम बराबरको मुद्धा दायर गरेको हो । यसरी मुद्धा दायर गरिएका मन्त्रीहरुमा हाल नेपाली कांग्रेसका उपसभापति तथा तत्कालिन उपप्रधान एवम् भौतिक योजनामन्त्री बिजयकुमार गच्छदार,भूमिसुधार मन्त्रीत्रय डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त रहेका छन् ।

 

यी हुन् ललिता जग्गा प्रकरणमा जेल जाने पूर्वमन्त्रीहरु

 

उनीहरुमध्ये गच्छदार,श्रेष्ठ र पन्त बिरुद्ध जनही ९ करोड ६५ लाख ३६ हजारका दरले बिगो माग दाबी गरिएको छ भने जोशीबिरुद्ध ७ करोड ८ लाख ४८ हजार माग दाबी गरिएको छ ।

 

आयोगले ललितानिवास जग्गा प्रकरणमा पूर्व मन्त्रीसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पूर्व मन्त्रीदेखि बिचौलियासम्मबाट नौ अर्ब आठ करोड १४ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

 

तत्कालिन भूमिसुधार सचिव रहेका पन्त पछि खिलराज रेग्मीको मन्त्रीपरिषदमा पूर्व भौतिक योजनामन्त्री रहेका थिए ।