कलंकीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ १४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा२दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। काठमाडौं २१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका १४ बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जनको मृत्यु भएको हो ।

सडक छेउमा रोकेको बा प्र ०३ । ००१ ख २०४० नं. को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र.नं.३ । ०२ । ००३ प ८८८८ नं. को मोटरसाइकल ठोक्किएको थियो।

बिज्ञापन

अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए।

उनीहरू दुबै जनाको टिचिङ अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले ट्रक, मोटरसाइकल र मकवानपुर पदमपोखरि नगरपालिका(१२का ३४ वर्षीय ट्रक चालक सुकलाल महर्जनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।