सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

बिज्ञापन

यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ११ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ३० रुपैयाँ कायम रहेको थियो ।