तत्काल वामपन्थी एकता नहुने एकीकृत समाजवादीका नेता झलनाथ खनालको भनाई

गुल्मी/  नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने बताउनु भएको छ । पार्टी प्रशिक्षणको लागि गुल्मी आउन् भएका नेता खनालले यस्तो बताउनु भएको हो ।

उहाँले तत्काल वामपन्थी एकता सम्भव नभएको भन्दै वामपन्थी एकताका लागि ठूला पार्टी नै इच्छुक नभएको बताउनुभयो । एमालेसँग पार्टी एकता नहुने तर माओवादीसँग भने एकताको लागि कुरा चलिरहेको नेता खनालको भनाइ छ।

बिज्ञापन

त्यस्तै उहाँले आफूले कुनै पदका लागि बार्गेनिङ नगरिरहेको बबताउनुभयो। तपाईको नजर राष्ट्रपतितिर हो रे नित भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले आफूले कुनै पदमा बार्गेनिङ न गरेको र पदका लागि दौडधुप नगरेको जबाफ दिनुभयो । नेता खनालले केहि दिन अघि मात्र अन्तिम पटक इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उमेद्वारी दिने घोषणा गर्नु भएको थियो ।