
दमक / सुनसरी धरान –१७ साउने बस्ने ३१ वर्षीया सरिता राईले घरायसी विवादका कारण श्रीमान ५० वर्षीय बिरबहादुर राईलाई छुरा प्रहार गरी घाइते बनाएकी छन् ।

गएराति सरिताले मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण बिरबहादुरलाई छुरा प्रहार गरेकी हुन् ।
बिज्ञापन



बिरबहादुरको दाहिने हातको पञ्जा, छाती र पेटमा चोट लागेको छ । घाइतेको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

अस्थायी प्रहरी चौकीले सरितालाई पक्राउ गरेको छ ।