
सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला २ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ छ ।
बिज्ञापन



आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ ।

महासंघले हिजो चाँदीको कारोबार प्रतितोला १ हजार १७० रुपैयाँमा भएको जनाएको थियो । जुन, आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको हो ।