
काठमाडौं । निर्वाचन आयोगले संघीय संसद् र प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

निर्वाचन आचारसंहिता सबन्धी विषयलगायतमा छलफल गर्नका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई आयोगले छलफलका लागि बोलाएको हो।
बिज्ञापन



छलफल आज बिहान ११:३० देखी सुरु हुनेछ। निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गरेको आयोगले मतपत्रलगायतका विषयमा पनि राजनीतिक दलहरुसँग आयोगले सुझाव माग्नेछ।
