नायक भुवन केसी र नायिका श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं — नायक भुवन केसी र नायिका श्वेता खड्का कांग्रेस प्रवेश गरेका छन् ।

उनीहरु मंगलबार कांग्रेस प्रवेश गरेका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा नायक  केसी र नायिका खड्कालाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराउँदै स्वागत गरे । कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर पार्टी प्रवेश गरेको र अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको केसीले बताए ।त्यस्तै, कलाकार रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश भएका छन् ।

बिज्ञापन

२०७० सालको संविधान सभा निर्वाचन अघि केसी एमाले प्रवेश गरेका थिए । नायक केसीलाई एमालेले संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि विरोधका कारण टिकट खोसिएको थियो ।चुनाव नजिकिएसँगै कलाकारहरु विभिन्न पार्टीमा प्रवेश गर्ने क्रम बढ्दो छ ।