प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो ।

बिज्ञापन

यसअघिका बैठकमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्त्वपूर्ण विषयमा प्रवेश भएका छैनन् ।