
पोखरा। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।

उनले अप्ठ्यारो परिस्थितिका बाबजुद एमाले चुनावको तयारीमा रहेको पनि बताए । उनले भने, २०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन ।
बिज्ञापन



उनले अहिले हामी विभाजनको अवस्थामा रहेको र विभिन्न दल मिलेर गठबन्धन पनि बनाएकाले दुई चुनौतिका विरुद्ध एमाले लड्नु पर्ने अबस्था आएको बताए ।

पार्टी विभाजन र गठबन्धनबाट पर्न सक्ने प्रभावको अध्ययन गरिरहेको र त्यसलाई कसरी परास्त गर्ने भन्ने प्रयासमा पनि एमाले रहेको पाण्डेको भनाइ छ ।